Public Pana

सर्वसाधारणको गुनासो सुन्न सरकारले शुरू गरेको ‘हेलो सरकार’ अब २४ सै घण्टा सञ्चालन हुने भएको छ ।
 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतवार सिंहदरबारमा हेलो सरकारको २४ घण्टे सेवाको शुभारम्भ गरेका हुन् । 
 

अब टेलिफोन र इन्टरनेटको माध्ययमबाट सर्वसाधारणले सरकारी सेवा प्रवाह सम्बन्धमा २४सै घण्टा गुनासो गर्न पाउने भएका छन् । 

प्रधानमन्त्री प्रचण्डले हेलो सरकारको कन्ट्रोल रुमको अवलोकन गरेका छन् ।

कार्यक्रममा प्रचण्डले सार्वजनिक निकायमा गुनासो सुन्ने संयन्त्र भए पनि जनताको मुहार उज्यालो गराउने गरी काम हुन नसकेको बताए ।

आफूले संसदमा समेत हेलो सरकारलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएअनुरुप सुस्ताए जस्तो देखिने संयन्त्रलाई

प्रभावकारी बनाउन लागिएको उनले बताए ।

समारोहमा मुख्य सचिव बैकुण्ठ अर्यालले आएका गुनासो तत्काल सम्वोधन गर्नेगरी हेलो सरकारलाई प्रभावकारी बनाउने बताए ।

कर्मचारीलाई तीन सिफ्ट बनाएर काममा लगाइने उनले बताए । 
pm--1693733515.jpg

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update