Public Pana
राष्ट्रिय टिमको हौसला बढाउन रास्वपका सभापति श्रीलंका प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछाने नेपाली राष्ट्रिय टिमको हौसला बढाउन श्रीलंका प्रस्थान गरेका छन् ।

एशिया कपमा भोलि (सोमबार) नेपाल र भारतबीच प्रतिष्पर्धा हुँदैछ ।


पहिलो खेलमा नेपालले पाकिस्तानसँग नमिठो हार व्यहोरेको थियो । श्रीलंकाको पाल्लेकेलमा यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ ।


लामिछानेसँग श्रीमती निकिता पौडेल र नेता दिपक बोहोरापनि श्रीलंका प्रस्थान गरेको रास्वपाले जनाएको छ ।


यसअघिनै पूर्व क्रिकेटर शक्ति गौचनपनि नेपाली खेलाडिलाई हौसला बढाउन श्रीलंका पुगिसकेका छन् ।

नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो ।

भोलि भारतलाई हराउन सके नेपाल अर्को चरणमा पुग्नेछ ।
 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update