Public Pana
वामदेव गौगम नेतृत्वको एकता राष्ट्रिय अभियानको केन्द्रिय कमिटी बैठक आज बस्दै

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानले आज आइतबार केन्द्रिय कमिटीको बैठक आज बसेको छ ।
वामदेव गौतम नेतृत्वको ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा जारी बैठकमा यसअघि अभियानको स्थायी कमिटीले पारित गरेका दस्ताबेजहरुमा गहन छलफल हुँदैछ ।

एकता अभियानका प्रवक्ता निमकान्त पाण्डेले जनाए अनुसार अभियानको स्थायी कमिटी बैठकले बिभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।

अत्यन्तै खर्चिलो भैरहेको र जनताबीच अलोकप्रियपनि भैरहेको राज्यका बिभिन्न तहका निर्वाचन प्रणालीको बिकल्पमा जान एकता अभियानको सुझाव रहेको छ ।

अभियानले प्रदेश संरचनाको खारेजी, स्थानीय तहका सबै प्रमुखहरुको प्रत्यक्ष निर्वाचन जस्तै राज्यका कार्यकारी प्रमुख (राष्ट्रपति वा प्रधानमंत्री) को पनि प्रत्यक्ष निर्वाचन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत संसदको निर्वाचन, सांसदहरु मंत्री बन्न नपाउने लगायतका नयाँ कार्यक्रमहरु प्रस्ताव गरिएको छ ।

स्थायी कमिटीबाट पारित निर्णयहरु केन्द्रिय कमिटीको बैठकमा छलफलका लागि अध्यक्ष वामदेव गौतमले प्रस्तुत गर्दैछन् ।
बैठकमा अन्य छलफलका विषयहरुमा स्थायी कमिटीबाट पारित राजनीतिक र सांगठनिक प्रतिवेदन , समाजवाद निर्माणको तात्कालिक कार्ययोजना संवन्धि अवधारणा र कार्यक्रम रहेका छन् ।
 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update