Public Pana
बलिउड अभिनेता विवेक ओबराय चन्द्रागिरी घुमेर, पोखरामा

नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबराय बिहीबार चन्द्रागिरि पुगेका छन् । परिवारसहित चन्द्रागिरि पुगेको ओबरायले त्यहाँ भालेश्वर मन्दिरमा पूजाअर्चनासमेत गरेका छन् । झण्डै दुई घन्टा चन्द्रागिरिमा बिताएका उनी काठमाडौं फर्किएका छन् ।

उनी पोखरा गएका छन् । । बुधबार नेपाल आएका उनले पशुपतिनाथमा दर्शनसमेत गरिसकेका छन् । उनी भ्रमणका क्रममा म्याग्दीसम्म पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update