Public Pana
पेप्सीकोलामा ४ ओटा सवारी साधन ठोक्किएर दुर्घटना हुँदा १४ जना घाइते

काठमाडौंको पेप्सीकोलामा आज बिहान ४ वटा  सवारीसाधन ठोक्किँदा १४ जना घाइते भएका छन्।

बिहान साढे ७ बजे पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा दुर्घटना हुँदा १४ जना घाइते भएको काठमाण्डौ प्रहरीले जनाएको छ । 

जडिबुटीबाट पेप्सीकोला जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय संघको बा ३ ख ४८४८ नम्बरको बसले विपरीतबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो गाडीलाई ठक्कर दिएको थियो।

सो क्रममा एउटा मोटरसाइकल र स्कुटी त्यसमै ठोक्किएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइतेहरूमध्ये ८ जना पुरूषको मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ। सिभिल अस्पतालमा चार महिला र दुई जना पुरूषको उपचार भइरहेको छ।

गाडी चालकले लार्पवाही तरिकाले गाडडी चलाएको देखिन आएको प्रहरीले जनाएको छ । बस चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका २ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update