Public Pana
कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज हुने भएको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासका लागि तोकिएको शुक्रबारको पेसी हेर्न नमिल्ने भएपछि सुनुवाइ आजका लागि सरेको हो ।
 

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री उद्धव थापालगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडामा परेको थियो ।

सोही कारण हेर्न नमिल्ने भएको थियो ।
 

न्यायाधीश खतिवडाको एकल इजलासले यही भदौ ७ गते कोशी प्रदेश सरकारका नाममा दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
 

कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेश भाबाट विश्वासको मत लिएका थिए । 


 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update