Public Pana
चन्द्रागिरिबाट माओवादीको तीन महिने अभियान प्रचण्डले सुरु गरे 

नेकपा माओवादी केन्द्रले देशभरबाट ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सुरु गरेको छ ।

बिहान पार्टी कार्यालयबाट देशभरका सबै वडाहरुमा अभियानको उदघाटन गरेका प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले काठमाडौंको चन्द्रागिरिस्थित घट्टेडाँडा पार्कमा आयोजित कार्यक्रममा आफै अभियानमा सरिक भएका छन् ।
 

चन्द्रागिरीमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित बागमती प्रदेश कमिटीका इन्चार्ज जनार्दन शर्मासहितका नेताहरू उपस्थित थिए। प्रधानमन्त्री प्रचण्ड पुग्दा अभियानको कार्यक्रममा पञ्चेबाजासहित स्वागत गरिएको थियो। प्रधानमन्त्रीले सम्बोधन गर्न पुगेको वडा गत स्थानीय तहमा माओवादी केन्द्रले जितेको वडा हो । 
 

त्यहाँ प्रधानमन्त्रीसँग स्थानीय जनताले प्रश्नोत्तरसहितको अन्र्तक्रिया पनि गरेका छन् । त्यसपछि प्रधानमन्त्रीले आफुले सरकारमा रहेर गरेको कामका बारेमा जनतासँग साक्षात्कार गरेका थिए ।

प्रधानमन्त्रीले सुशासनका पक्षमा सरकारले अर्काे प्रकारको जनयुद्धको सुरुआत गरेको बताएका थिए ।

उनले संसदमा ८० र ९० सिट रहेका दलहरुलाई समेत विश्वासमा लिएर ३२ सिटको दलले सरकारको नेतृत्व गरेको बताएका थिए ।
 

प्रधानमन्त्री प्रचण्डले पनि आफूलाई पञ्चेबाजासहितको स्वागत सटिक भएको सम्बोधनका क्रममा बताए ।
 

कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव समेत रहेका शर्माले देशभरका ६ हजार ७ सय ४३ वडामा एकैसाथ विभिन्न कार्यक्रमसहित माओवादी रुपान्तरण अभियान चलिरहेको बताए ।

pr1693705215.jpg
 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update