Public Pana
सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित

 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित हुनुभएको छ । सेजनको आज सम्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

अध्यक्ष ओलीले ९९ मत ल्याउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी शिरोमणि ढुङ्गानाले ९६ मत ल्याउनुभएको छ । सेजनको उपाध्यक्षमा विनय बन्जरा निर्वाचित हुनुभयो ।

सेजनको महासचिवमा विश्वास रेग्मी यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो । सचिवमा सोभित थपलिया र कोषध्यमा अच्युत पुरी निर्वाचित हुनुभएको छ । स

दस्यमा केशु लामिछाने, हेमराज जोशी, वसन्तराज उप्रेती, ममता थापा र छवि सापकोटा निर्वाचित हुनुभएको छ । निर्वाचनमा कुल दुई सय ७१ मतमध्ये दुई सय ५२ मत खसेको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  २२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update