Public Pana
प्रचण्ड नेतृत्वको सरकार अब धेरै दिन नटिक्ने एमाले नेता ओलीको दावी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई सरकार धेरै टिक्दैन भन्ने लागिसकेको बताउनुभएको छ । 
एमाले लुम्बिनीको प्रथम अधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रचण्डको पछिल्लो समयको अभिव्यक्तिले अब सरकार टिक्दैन भन्ने लागिसकेको बताउनुभएको हो ।

उहाले एमालेले भने अहिले नै सरकारतर्फ नहेरेको जिकिर गर्नुभयो ।
ओलीले देश बनाउने परिस्थीति बनेमात्रै सरकारमा जाने एमालेको नीति रहेको बताउनुभयो । प्रचण्डले एमालेमा पहिरो जान्छ भन्ने अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले आफ्नो पार्टी कच्चा माटोको ढिस्को नभएको बताउनुभयो ।


अध्यक्ष ओलीले यति , वाइडबडी लगाएतमा छानविन गरे सत्तामा रहेकाहरु नै जेल पर्ने दावी गर्नुभयो । उहाले ८४ को निर्वाचनमा अरु सवै मिले पनि एमाले एक्लैको बहुमत हुने अभियानमा लागेको उल्लेख गर्नुभयो । 


त्यस्तै उहाले विरोधीहरुलाई देखाउनका लागि पनि एकतावद्ध भएर जान जरुरी रहेको बताउँदै लुम्बिनीमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न निर्देशन दिनुभयो । 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update