Public Pana
क्रिकेटको महासंग्राम, भारत र पाकिस्तानबीच श्रीलंकामा भिडन्त हुँदै

एसिया कप २०२३ मा आज शनिबार भारतले आफ्नो चिर प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

यो खेलले धेरै महत्व राख्छ किनकि यो २०१९ विश्वकप पछि यी दुई क्रिकेटिंग पावरहाउसहरू बीचको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय ओडिआइ भिडन्त हो । पाकिस्तानले प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपाललाई २३८ रनले पराजित गरेको थियो ।

बाबर आजमको नेतृत्वमा रहेको टोलीलाई धेरैले भिडन्त अघि भारत भन्दा बलियो भएको विश्वास टिप्प्णी गर्दैछन् । 
यस प्रतियोगिताको एउटा चाखलाग्दो बिषय भनेको समकालीन क्रिकेटका दुई ठूला नामहरू विराट कोहली र बाबर आजमबीचको खेल हो। 
 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update