एशिया कप क्रिकेट
‘पाकिस्तानमा गाएर पाएको पारिश्रमिक भन्दा अनुभव धेरै ठूलो’

त्रिशाला गुरुङले पाकिस्तानमा भएको एशिया कप क्रिकेटको उद्घाटन कार्यक्रममा नेपाली गीत गाएपछि सामाजिक सञ्जालमा भाइरल भएकी छन् ।
तर आफूले पाएको पारिश्रमिकभन्दा अनुभव धेरै ठुलो भएको उनले बताइन् ।
‘अन्य कार्यक्रममा गीत गाएर पाउने पारिश्रमिक जति नै पारिश्रमिक पाएँ पाकिस्तानमा तर अन्तर्राष्ट्रिय स्तरको खेलमा मैले प्रस्तुति दिन पाउनु मेरो लागि जीवनकै एक महत्वपूर्ण क्षण थियो’ उनले बताइन् ।
त्रिशाला पेसाले डाक्टर हुन् ।
उनको पेसाले गर्दा उनलाई धेरैले मन पराएको बताइन्छ ।
एशिया कप क्रिकेटको उद्घाटन कार्यक्रममा दुई वटा नेपाली गीत गाएपछि सामाजिक सञ्जालमा झन् धेरै फलोअर बढिरहेको उनले बताइन् ।
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८० ०५:१४
प्रतिक्रिया दिनुहोस्