Public Pana
पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित 

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । 
 

शुक्रबार भएको निर्वाचनमा पारसले उमेश पियालाई पराजित गरे। पारसले २३ मत पाउदा उमेशले १४ मत प्राप्त गरे । 
 

उपाध्यक्षमा प्रेम क्षेत्री विजयी भए। उनले रुपक रञ्जितलाई २३–१४ मतले पछि पारे । सचिवमा प्रशन्न शाक्य निर्वाचित भए। उनले प्रज्वल सापकोटालाई २३–१४ कै अन्तरमा पछि पारे । 
 

सन्जय बस्नेत कोषाध्यक्षमा निर्वाचित भए। उनले विजय बोहरालाई पछि पारे । 
 

सदस्यमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोक पोखरेल, सुजन महर्जन, निरा राजोपाध्यय, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्तराज सत्याल र अनुजमान श्रेष्ठ निर्वाचित भए ।
 

यससँगै नेपाल क्रिकेट संघअन्तर्गतका सबै प्रदेशका निर्वाचन सकिएका छन्। क्यानको केन्द्रीय समितिको निर्वाचन आगामी असोज ५ र ६ मा हुँदैछ ।

can-bagmati-11693607084.jpg
 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update