Public Pana

काठमाडौँको बौद्धमा शुक्रबार रोपाई जात्रा धुमधामका साथ सम्पन्न भएको छ । 
 

हरेक वर्ष गाईजात्राको भोलिपल्ट बौद्धमा रोपाई जात्रा गर्ने गरिन्छ । प्रताप मल्लको पालाबाट बनाइदै आएको रोपाई जात्रालाई आफूहरुले निरन्तरता दिँदै आएको स्थानीयहरुको भनाइ छ । 
 

झाँकी सहितको जात्रामा बौद्ध परिसरबाट रोपाई सुरु गरेर बौद्ध परिक्रमासंगै बौद्ध पिपलबोटदेखी टुसालसम्म पुगेको थियो ।

बौद्धको रोपाइँ जात्रामा खेतमा छ्यापेको हिलोको प्रतीकका रूपमा विभिन्न रङ दली सांस्कृतिक झाँकीसहित रोपाहारले रोपेको र बाउसेले बाउसे गरेको अभिनय गर्दछन् । किसानलाई फुर्सद भएकाले रोपाइँ जात्रामा कामको थकान मेटिने मनोरञ्जन हुने व्यङ्ग्य गर्ने गरिन्छ ।

रोपाई जात्राका अवसरमा बौद्धनाथ क्षेत्र बिकास समिति लगाएतले पुरस्कार वितरण समारोहको आयोजना गरिएको थियो । 
 

सो क्रममा पर्यटनमन्त्री सुदन किरातीले नेपाल संस्कृतिले धनि देश रहेको भन्दै सांस्कृतिक पर्यटनमार्फत मुलुकको समृद्धि गर्न सकिने बताए ।
 

उनले पर्यटनसंग जात्राहरु जोड्नुपर्ने भएकाले पर्व सस्कृति र जात्राहरुको मेला महोत्सव गर्ने गरि तयारी गरिएको जानकारी दिए ।
 

विशेषतः तामाङ, तामाङ, शेर्पा, गुरुङ, नेवार र अन्य जातिहरु समेत यसमा सहभागी हुन्छन् ।

धा बाजा, लाखे नाच, मकुन्डोको प्रयोग आदिले रोपाई जात्रा तान्त्रिक, धार्मिक, सांस्कृतिक महतवको जात्रा बनेको संस्कृतिविद्हरुको भनाइ छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update