Public Pana

ललितपुरको पाटनमा दीप यात्रा मतयाः पर्व मनाइएको छ । 
 

हरेक वर्ष गाईजात्राको भोलिपल्ट मनाइने मतयाःमा पाटनका भित्री सहरमा रहेका विभिन्न देवदेवी, चैत्यको पूजा गर्ने गरिन्छ ।
 

विशेष गरेर बौद्ध धर्मावलम्बीले वर्षभरीमा दिवङ्गत भएका आफ्ना आफन्तजनको सम्झनामा धान , चामल, पैसा लगायतका विभिन्न सामग्री दान दिँदै हातमा दीप लिएर मतयाः जाने गर्दछन् । यसरी हातमा पानस, मैनबत्ती, लगायत बालेर यात्रा गरिने भएकोले यस यात्रालाई मतयाः भनिएको किम्वदन्ती छ । 
 

सौगलबाट शुरु भएको मतयाः टङ्गल, लगनखेल, हखबहाल, पूर्णचण्डी, बुबहाल, गाःबहाल, नबहील, श्रीबहाल, नागबहाल लगाएतका स्थान हुदै सौगलमा पुगर सकिएको थियो ।

मतयाः लिच्छवि राजा बालार्चनदेवको पालादेखि शुरु भएको संस्कृतिविद्हरुको भनाइ छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update