Public Pana
फुङ्लिङमा आज रोपाइँ जात्रा 

परम्परागत रुपमा गरिँदै आएको रोपाइँ जात्रा शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा मनाइएको छ ।

यो वर्ष पूर्णिमा र गाईजात्रा एकैदिन परेकाले आज शुक्रबार रोपाइँ जात्रा गरिएको हो ।

युवापुस्तामाँझ संस्कृति हस्तान्तरण गर्ने र परम्परालाई निरन्तरता दिने उद्देश्यले जात्रा निकालिएको हो । गाउमा रोपाइँ सकेर बसेका किसानलाई सहर निम्त्याउने र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यो पर्व मनाउने गरिएको नेपाल भाषा तथा सांस्कृतिक समाजका अध्यक्ष शंकर श्रेष्ठको भनाइ छ ।

ताप्लेजुङमा नेवार जातिको बसोबास भएदेखि नै यो जात्रा थालिएको मानिन्छ । पछिल्ला वर्ष भने जिल्लाका सबै समुदायको पर्वका रुपमा लिइएको छ ।
बर्खेबाली लगाएर बसेका आन्तरिक पर्यटक आकर्षित गरेको छ । जात्रामा रोपाहार, हली, बाउसेलगायत डेढ सय धेरै कलाकारले दिनभर अभिनय गर्ने गरेका छन ।

जात्राले लोपोन्मुख बन्दै गएको बेठीको झल्को दिने गरेको ज्येष्ठ नागरिकको अनुभव छ ।

जात्राका अवसरमा परम्परागत रुपमा चलिआएको लिम्बू जातिको धान नाच पनि देखाउने गरिएको छ ।

कोरोना संक्रमणबाहेक हरेक वर्ष रोपाइँ जात्रा जनै पूर्णिमाको द्वादशीका दिन गरिँदै आएको छ ।

ropain1693565282.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update