Public Pana
काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु

काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु भएको छ।

बिहीबार बिहान काठमाडौं महानगरपालिका-१५ स्वयम्भू ठाडो भर्‍याङमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

बा.१ प ७६३ नम्बरको पर्यटक बसले बाग्मती प्रदेश ०२-०१८ प ४९४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करबाट सिन्धुली मरिण गाउँपालिका-३ बस्ने २२ वर्षीय निर्मल लामाको मृत्यु भएको हो। 

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update