Public Pana
पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीन उडान गर्नेबारे छलफल हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणको क्रममा पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान भर्नेबारे छलफल गर्ने बताएका छन् ।

आज शुक्रबार समाजवादी मोर्चाको गण्डकीस्तरीय सन्देश सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री पचण्डले आफ्नो चीन भ्रमणका एजेन्डाबारे बोल्दै यस्तो बताएका हुन् ।

‘कोरोला नाका र रूइला नाका खोल्न चीनसँग सहमति गर्ने एजेण्डा तय भइसकेको छ । साथै, पोखरा र लुम्बिनी एयरपोर्टबाट सिधै चीनका विभिन्न सहरमा उडान भर्नेबारे छलफल गर्नेछु’, प्रचण्डले भने ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update