Public Pana

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रलाई थप प्रभावकारी बनाउनका लागि विधुत विधेयक छिटै संसदमा पेश गरिने बताएका छन् ।
 

आज शुक्रबारदेखि काठमाडौंमा सुरु नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री बस्नेतले संसदमा छिटै विधुत विधेयक पेश गर्ने र अहिलेको अधिवेशनबाट नै टुङ्गाउने बताए ।
 

विधुत विधेयकले ऐनको रुप लिइसकेपछि ऊर्जा क्षेत्रमा उत्पादनको बृद्धिदेखि प्रसारणलाईको बिस्तारका साथै बितरण प्रणालीलाई गुणस्तर बनाउन पनि सहज हुने उनको दाबी छ ।
 

उनले मुलुक इलेक्ट्रिक भेइकल(इभि)को युगमा प्रवेश गरेको भन्दै सहज रुपमा चार्जिङ गर्न सवै रुपमा चार्जिङ स्टेशन निर्माण गर्ने योजना गरेको उल्लेख गरे ।
 

ऊर्जा उत्पादन बढ्दै जादा यसको खपत बढाउनका लागि इभिका प्रोत्साहन गरिने उनको भनाई छ ।
 

मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टरस एशोसिएशन अफ नेपालले संयुक्त रुपमा प्रदर्शनीको आयोजना गरेको हो । 
 

भाद्र १७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा चल्ने प्रदर्शनीको उद्देश्य मुलुकमा बढ्दो उत्पादित जलविद्युतको विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाइ देशलाई आर्थिक रुपमा सवलिकरण गर्ने रहेको आयोजकले जनाएको छ । 
 

उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि स्टल रहेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update