Public Pana

‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ नाराका साथ १६ औं पुस्तकालय दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ । 
 

पुस्तकालयका क्षेत्रमा भएका गतिविधि एवं पुस्तकालयको आवश्यकताबारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा २०६५ भदौ १५ गतेदेखि औपचारिक रुपमा दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा शिक्षा मन्त्रालय अन्तर्गत मूल समारोह समिति काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले काठमाडौं केन्द्रीत भन्दा पुस्तकालय भएको स्थानमा नै दिवस मनाएर आमजनतामा पढ्ने बानीको बिकास गर्न सक्नुपर्ने बताए ।

मन्त्री राईले पुस्तकालयलाई प्रविधिमैत्री बनाएर अघि बढ्न सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।
 

जनतालाई शिक्षित र राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको हो ।

नेपालमा औपचारिक रूपमा १८६९ भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गर्दै पुस्तकालय दिवस मनाइन्छ ।

नेपालमा संस्थागत रूपमा पुस्तकालयस्थापना भएको २०० वर्षभन्दा लामो इतिहास रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update