Public Pana

नेकपा माओवादी केन्द्रको भोलि शनिबारदेखि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु 
हुँदैछ । 

२०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा सुनिश्चित गर्ने मुख्य लक्ष्य बनाएर सुरु गर्न लागिएको अभियानको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चन्द्रागिरि नगरपालिका वडा नं २ स्थित भट्टेडाँडाबाट देशभर एकसाथ अभियानको सुरु भएको घोषणा गर्ने माओवादी केन्द्रका प्रचार बिभाग प्रमुख अग्नि सापकोटाले जानकारी दिए ।

आज शुक्रबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सापकोटाले अभियानका क्रममा माओवादी जनताको घरघरमा जाने र आसन्न २०८४ सालको निर्वाचनको नतिजालाई प्रभाव पार्ने उद्देश्यसहित अभियान सञ्चालन हुने बताए ।

त्यस्तै उनले एमसीसीको व्याख्यात्मक घोषणालाई सार्वभौम सम्पन्न संसदले पास गरेको भन्दै सम्झौताको अंग बन्नुपर्ने जिकिर गरे ।

एमसीसीमा व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाएमात्रै सहज कार्यान्वयन हुने उनको भनाइ छ ।

सापकोटाले चीनले हालै जारी गरेको नक्सामा नेपालका भूभागलाई नसमेटिएको बिषयमा प्रधानमन्त्रीको चीन भ्रमणका बेला कुरा हुने बताए ।

उनले अहिले गठबन्धनमा कुनै समस्या नआएको धारणा राखे ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update