विप्लवद्वारा एमसीसी कार्यान्वयनविरुद्ध आन्दोलनको घोषणा
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।
आज शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले आन्दोलन घोषणा गरेको हो ।
पहिलो चरणको आन्दोलनअन्तर्गत भदौ १९ गतेबाट नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी, रुपन्देहीमा २३ गतेसम्म अन्तरक्रिया कार्यक्रम तय भएको नेता अनिल शर्माले बताए ।
यस्तै, असोज १ गतेदेखि लप्सेफेदीबाट सुरु हुने एमसीसीविरुद्ध मार्चपास अभियान १५ गते पाल्पामा गएर टुंगिने छ । बैठकमा चार दलीय समाजवादी मोर्चाको विषयमा पनि सामान्य छलफल भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८० ११:४७
प्रतिक्रिया दिनुहोस्