Public Pana
कोशीका मुख्यमन्त्रीविरुद्धको रिट इजलासमा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दा फेरि पनि ईश्वरप्रसाद खतिवडासहितको इजलासमा परेको छ ।
 

मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा अपनाएको विधि असंवैधानिक भएको दाबी गरी परेको रिट निवेदन सुनुवाइका लागि आज खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिएको हो । 
 

यसअघि भदौ ७ गते पनि उक्त मुद्दाको प्रारम्भिक सुनुवाइ खतिवडाकै एकल इजलासमा भएको थियो ।
 

खतिवडाले विश्वाको मत लिएको प्रक्रिया नमिलेको बताएका थिए। कोशी सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश दिँदै विश्वासको मत लिँदाको सक्कल फाइल उनले झिकाएका थिए । 
 

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए ।

उनलाई सभाको अध्यक्षता गरेका सांसद इस्माइल मन्सुरले पनि मत दिएका थिए ।
यसविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update