Public Pana
काठमाण्डौ र लतितपुरमा भोली दिनभर बिद्युत सेवा अवरुद्ध हुने

भोलि शनिवार काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा साढे दिनभर विद्युत अवरूद्ध हुने भएको छ।


स्युचाटार के(थ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाले के(थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् आपुर्ति बिहान १० बजेदेखी साढे ६ बजेसम्म बन्द गर्न लागिएको  नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका अनुसार रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरूद्ध हुने छ।

प्राधिकरणले यसबाट ग्राहक सेवामा पर्न जाने असुविधाप्रति क्षमा याचना गरेको छ । 

NEA1693541149.jpeg

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update