Public Pana
पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्य बढाएको छ।

निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको हो ।
 

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले वृद्धि भएको छ। त्यस्तै, मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको निगमले जनाएको छ ।
 

एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय ३५ ले बढेको छ ।
 

निगमले मूल्य वृद्धि हिजो मध्यरातिदेखि लागू हुने जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमा जनाएको छ ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर रु तीन दशमलव १७ र रु दुई दशमलव ४८ तथा एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर रु एक सय ८६ दशमलव ४५ ले वृद्धि भएर आएको छ ।

petrol1693532143.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update