Public Pana
वर्षाको सम्भावना : सतर्कता अपिल

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ ।
 

सरदर स्थानभन्दा उत्तरतिर रहेको न्यूनचापीय रेखा र न्यूनचापीय प्रणालीका कारण देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका एक वा दूई स्थानमा हल्का वर्षा भैरहेको छ।
 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र बाँकी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
 

राति देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशका केही स्थानहरूमा,  मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशका बाँकी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
 

हल्का तथा मध्यम वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update