Public Pana
नेपालको चुच्चे नक्सा नदेखाएको भन्दै बालेनको चीन भ्रमण रद्द 


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् ।
 

चीनले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा नदेखाएको भन्दै शाहले चीन भ्रमण रद्द गर्ने निर्णय गरेका हुन् ।
 

‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ ।

त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु’, सामाजिक सञ्जालमा बालेनले भनेका छन् ।
 

चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेनको बेइजिङतर्फ जाने तय भएको थियो ।
 

नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ नक्सा संसदबाट पारित गरेको थियो ।
balen-1693468768.jpg

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update