Public Pana
भक्तपुरमा नबिल बैंकको एटिएम फुटाउने युवा पक्राउ

भक्तपुरमा बैंकको एटिएम मेसिन फुटाउने एक युवा पक्राउ परेका छन् ।

भक्तपुरको कमलविनायकस्थित भत्केपाटीमा रहेको नबिल बैंकको एटिएम मेसिन फुटाउने २४ वर्षिय पूर्णबहादुर खासुलाई प्रहरीले पक्राउ गरेको हो ।

दाङको बबई गाउँपालिका वडा नम्बर २ का खासुलाई आज बिहिबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका पूर्णबहादुरको साथबाट १ थान हथौडा, १ थान फलामको रड र १ थान हक्सो बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update