Public Pana
गाईजात्रा तथा जनैपूर्णिमाको अवसरमा प्रधानमन्त्री दाहालद्धारा सबैलाई शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरूका मौलिक सांस्कृतिक पर्वहरू गाईजात्रा तथा जनैपूर्णिमा रक्षाबन्धनको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै उनले प्राचीनकालदेखि नै नेपाल विभिन्न जातजाति, भाषाभाषी, सभ्यता र संस्कृतिको संगमको रूपमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकतासहित अक्षुण एवं सार्वभौम राष्ट्रका रूपमा रहिआएकोले जाति, भाषा र पर्वहरूको विविधताले सभ्यता र संस्कृतिमा नेपालको वैशवशाली गौरव प्रमाणित गरेको जनाउँदै सबै नेपालीहरूका निम्ति ऐतिहासिक पहिचान र आत्मसम्मानको विषय औल्याउँदै सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

p.m.suva1693461806.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update