Public Pana
एसीसी एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग नेपालको नराम्रो पराजय

एसीसी एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानसँग नराम्रो पराजय भोग्नुपरेको छ  । समूह ‘ए’ अन्तर्गत पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा नेपालले आयोजक पाकिस्तानसँग २३८ रनको पराजय भोगेको हो ।

बुधबार भएको उद्‌‌घाटन खेलमा नेपाललाई घरेलु टिम पाकिस्तानले मुल्तान मैदानमा २३८ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। 
पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३।४ ओभरमा १०४ रनमै अलआउट भयो। 
नेपालका लागि आरिफ शेखले २६ रन, सोमपाल कामीले २८ रन र गुल्सन झाले १३ रन जोडे। अरु ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। 
बलिङमा पाकिस्तानका  शादब खानले ४ विकेट लिए भने  शाहिद शाह अफ्रिदी र हरिस राउफले २(२ विके
३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३।४ ओभरमा सबै विकेट गुमाएर १०४ रनमात्र बनायो । 
पाकिस्तानसँग हार व्योहोरेको आजको खेल नेपालको ओडिआई इतिहासको सबैभन्दा खराब पराजय हो ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  २२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update