Public Pana
पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य

एसीसी एसिया कपको पहिलो खेलमा पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य दिएको छ । समूह ‘ए’ अन्तर्गत मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनायो ।

त्यसअघि नेपालले पहिलो पावरप्लेमा पाकिस्तानका दुवै ओपनरलाई आउट गर्न सफल भयो।

नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका थिए। करणले फखर जमानलाई विकेटकिपर आसिफ शेखको उत्कृष्ट क्याचमार्फत् १४ रनमा आउट गरेका थिए। यस्तै कप्तान रोहितकुमार पौडेलले डाइरेक्ट हिटमार्फत् इमाम उलहकलाई ५ रनमा रनआउट गरेका थिए। 

विश्वकै शीर्ष वरीयताको टिमबिरुद्ध नेपालले पहिलो पावर ‌ओभरमा २ विकेट लिँदा ४४ रन खर्चिएको थियो। 

नेपालले तेस्रो विकेटको रुपमा मोहमद रिजवानलाई २३.४ ओभरमा ४४ रनमा रनआउट गर्‍यो। उनलाई दीपेन्द्रसिंह ऐरीले डाइरेक्स हिटमार्फत् रनआउट गरेका थिए।

नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिए। उनले अघा सलमानलाई ५ रनमा कुशल भुर्तेलबाट क्याच गराए।

बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिन सफल भए।

समूह ‘ए’ मा रहेको नेपालले समूहको अन्तिम तथा दोस्रो खेल भदौ १८ मा भारतसँग खेल्नेछ। सो खेल श्रीलंकामा हुनेछ।

त्यसअघि यो समूहको अर्को खेलमा भारत र पाकिस्तानबीच भदौ १६ मा श्रीलंकामा खेल हुनेछ।

 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update