Public Pana
एमालेको बैठक सिरहाको अम्बासमा आज सकियो 

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को सचिवालयको विशेष बैठक सिरहाको अम्बासमा आज बुधबार सकिएको छ । 
 

एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा निर्वाचित भएको सिरहाको धनगढीमाई नगरपालिका–१४ स्थित सर्रे अम्वासमा बुधवार दिउँसो बसेर सकिएको हो । 
बैठकमा पार्टीको मिसन ग्रास्रुट अभियानको समीक्षा र केन्द्रीय कमिटी बैठकको पनि मिति तय गर्ने एजेन्डा थियो । 

 

यो बैठकले विभिन्न ८ निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् । 
यो बैठकमा भाग लिन अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेताहरु आजै त्यहाँ पुगेका थिए । 

 

२०४६ साल भदौ ९ गतेदेखि १४ गतेसम्म तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन विष्णुपुरकट्टीमै भएको थियो । एमालेले ३४ वर्षपछि महाधिवेशन गरिएको घरमा नै बैठक बसेको हो ।  
 

मालेको चौथो महाधिवेनबाट झलनाथ खनाललाई हटाएर मदन भण्डारी महासचिव चुनिएका थिए ।

संयुक्त जनआन्दोलनको वैचारिक विजारोपण चौथो महाधिवेशनबाटै भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update