Public Pana
नेपालले लियो ४ विकेट पाकिस्तानको मात्र १२४ रन ३० ओभर सकियो

नेपालले एसिया कपमा घरेलु टोली पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानको विकेट रन आउटको रुपमा लिएको छ । मुल्तान रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले २४ ओभरमा ३ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ ।
 

बाबर आजम ६१ बलमा ४ चौकासहित ४३ रनमा क्रिजमा छन् । उनलाई अघा सलमानले साथ दिनेछन् । 
 

रिजवान २४ औं ओभरको चौथो बलमा ५० बलमा ६ चौकासहित ४४ रनमा रन आउट भए ।

दीपेन्द्रको डाइरेक्ट थ्रो बलमा रिजवान रन आउट हुन पुगे ।
 

तेस्रो विकेटका लागि रिजवान र बाबरले १ सय ६ बलमा ८६ रनको साझेदारी गरेका थिए ।

नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिएका थिए । करणको छैटौं ओभरको तेस्रो बलमा ओपनर फखार जमान एज लागेर विकेटकिपर आसिफ शेखबाट १४ रनमा क्याच आउट भए ।
 

सातौं ओभरको पहिलो बलमा रोहित पौडेलले डाइरेक्ट थ्रोमा इमाम उल हकलाई ५ रनमा रन आउट गरेका थिए ।

त्यसअघि आरिफ शेखले पाँचौं ओभरको पाँचौं बलमा इमाम उल हकलाई ब्यक्तिगत पाँच रनमा जीवनदान दिएका थिए ।

पाकिस्तानविरुद्धको खेलमा सन्दीप लामिछानेले चौथो सफलता दिलाएका छन्।

आफ्नो करियरको ५० औं ओडीआई खेल खेपिलरहेका सन्दीपले २८ औं ओभरको पाँचौं बलमा पाकिस्तानका अघा सलमानलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै पवेलियन पठाए।

सलमानले १४ रनमा ५ रन बनाएको अवस्थामा सन्दीपको बलमा कुशल भुर्तेलबाट क्याच आउट भएका हुन्। 

 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update