Public Pana

मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना अघि बढेको छ । 
 

अर्थ मन्त्रालयमा आज बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान गरे ।
 

यससँगै अब यो परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो ।
 

पत्र आदान–प्रदान कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले एमसीसी परियोजनामार्फत गरिने सडक स्तरोन्नति तथा विद्युत आपूर्तिसम्बन्धी कामले नेपाली जनता लाभान्वित हुने बताए ।
 

उनले विद्युत् प्रशारण आयोजना र सडक मर्मत आयोजनाको औपचारिक कार्यान्वयन शुभारम्भको घोषणा गर्न पाएको भन्दै खुशी व्यक्त गरे ।
 

यससँगै एमसीसी परियोजनाले तोकिएको काम, कारबाहीहरु प्रारम्भ गर्नेछ। यो परियोजनाको रकम अबको ५ वर्षमा खर्च गरिसक्नु पर्ने छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update