Public Pana

सभामुख देवराज घिमिरेले संसदीय समितिको प्रभावकारी सञ्चालनका साथै विचाराधीन विधेयकलाई शीघ्र रुपमा अघि बढाउन समितिका सभापतिलाई निर्देशन दिएका छन् ।

आज बुधबार सिंहदरबारमा विषयगत समितिका नवनिर्वाचित सभापतिसंग छलफल गर्दै सभामुख घिमिरेले विचाराधीन विधेयकहरू अगाडी बढाउने र समितिको कामकारबाहीलाई प्रभावकारी र चुस्त बनाउन निर्देशन दिएका हुन् ।

संघीय संसदका दायित्वहरु समितिमार्फत पुरा गर्ने र समितिका कामहरूलाई प्रभावकारी बनाउने विषयमा बैठकमा उहाले सभापतिसंग छलफल गरेका थिए ।

समितिले विधेयकलाई सरोकारवालासँग प्रभावकारी रुपमा छलफल गरेर छिट्टो टुंग्याउने र सभामा ल्याउने काममा अघि बढ्नुपर्नेमा जोड दिए ।

छलफलमा विधेयक र समितिको कामलाई प्रभावकारी रुपमा अगाडी बढाउन आफुहरुले आवश्यक भूमिका खेल्ने समिति सभापतिहरुले बताएका थिए । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update