Public Pana
नेपालले लियो पाकिस्तानको २ विकेट : एसिया कप

एसिया कपमा पाकिस्तानले नेपालविरुद्ध मध्यम प्रर्दशन गरिरहेको छ । 

मुलतान क्रिकेट स्टेडियममा घरेलु टोलीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ । 
पावर प्ले मा पाकिस्तानले २ विकेटको क्षतिमा ४४ रन बनायो । 

११ औं ओभरको खेल जारी रहँदा कप्तान बाबर आजम १२ र मोहम्मद रिजवान ८ रनमा क्रिजमा छन् । 

सोमपालले सातौ ओभरको पहिलो बलमा इमाम उल हकलाई कप्तान रोहित पौडेलको हातबाट रन आउट गराए। 

त्यसअघि अलराउण्डर करण केसीले एसिया कपमा पाकिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता दिलाएका थिए । 

करणले छैटौँ ओभरको तेस्रो बलमा ओपनर ओपनर फखर जमानलाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाएका थिए ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update