Public Pana
अख्तियारद्वारा सुन प्रकरणमा जोडिएका कर्मचारीहरूको सम्पत्तिमाथि अनुसन्धान सुरु

६० किलो सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान थालेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी र त्यसमा जोडिएका कर्मचारीहरूको सम्पत्तिमाथिको अनुसन्धान थालेको हो ।

अख्तियारले सुन तस्करीका समयमा कार्यक्षेत्र र जिम्मेवारीमा रहेका कर्मचारीहरूको भूमिकामाथि अनुसन्धान थालेको छ ।

त्यसक्रममा विस्तृत विवरण मागेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पत्राचार समेत गरेको छ ।

सुन प्रकरणमा जोडिएको भेटिएपछि अख्तियारले अर्थ मन्त्रालयका तत्कालिन महानिर्देशक झलकराम अधिकारीको कुराकानी, सम्पर्क भएको व्यक्तिहरूलगायतका विवरण मगाएको छ ।

त्यसैगरी उनको सम्पत्ति छानबिन समेत थालेको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update