Public Pana
लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. बज्राचार्य नियुक्त

लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. सुवर्णलाल बज्राचार्य नियुक्तभएका छन् ।

सिफारिस समितिको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बुधबार उनलाई नियुक्त गरेका हुन् ।

उक्त पद विगत छ महिनादेखि रिक्त थियो ।

प्रा. डा. बज्राचार्य त्रिभुवन विश्वविद्यालयबाट अवकाशप्राप्त प्राध्यापक हुन् ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update