Public Pana
बिमानस्थल भन्सार कर्मचारीको सामूहिक सरुवाको माग, अनुसन्धानबाट बच्ने चाल

अनुसन्धानका नाममा आफुहरुलाई दुखः नदिन दवाव बढाउने उद्देश्यले विमानस्थल भन्सारका कर्मचारीहरुले सामूहिक सरुवाको मागसहितको पत्र अध्यागमन प्रमुखलाई बुझाएका छन् ।

सरुवाकै चाहना भन्दा पनि अनुसन्धानका लागि प्रहरी र अख्तियारबाट समेत सोधपुछ हुन थालेपछि सामूहिक सरुवा दिने भनेर घुर्की लगाउन प्रमुख प्रशासकीय अधिकृतलाई पत्र बुझाइएको स्रोतले जनाएको छ ।

बिना आधार सरकारी कर्मचारीलाई अनुसन्धानका नाममा राज्यकै निकायले अनावश्यक दुखः दिने प्रश्न नै आउँदैन उच्च स्रोतले भन्यो दवाव बढाउन सामुहिक सरुवाको पत्र बुझाइएको हो ।

अध्यागमन भन्सारका ३५ अधिकृतसहित १ सय ३७ कर्मचारीले सामूहिक सरुवाको माग गर्नु हास्यस्पद हो, कुनै एक कर्मचारीलाई सरुवा गर्दा थमौतीका लागि न्वारनदेखीको बल लगाउने तिनै कर्मचारीले अहिले अनुसन्धानमा आफुहरुलाई नतान्न दवाव दिने उदेश्यले यो सामुहिक सरुवाको प्रकरण सार्वजनिक गरिएको छ ।

ठुलो मात्र सुन तस्करी हुँदा पनि सामान्य सोधपुछ र आफ्नो कर्तव्य निर्वाह नगर्ने कर्मचारीले अहिले सामुहिक सरुवाको दवाव दिएर आफुहरुमाथी लागेका तमाम आरोपहरुबाट उन्मुक्ति दिन दवाव दिएको सुरक्षा निकायका एक उच्च अधिकारीले बताए । शुन्य प्रमाणको आधारमा प्रहरीले कसैलाई अनुसन्धानमा ल्याउदैन, उच्च स्रोतले भन्यो कुनै पनि रुपमा संलग्नताको आधार पाएपछि मात्र सोधपुछ र अनुसन्धान हुने हो ।

अर्थसचिवलाई समेत बोदार्थ पठाएर बिमानस्थल भन्सारका कर्मचारीले अनुसन्धानमा कसैलाई पनि नतान्न दवाव दिने उद्देश्यले यो कदम चालेको स्रोतको भनाई छ । 
भन्सार विभागका महानिर्देशकलाई सामूहिक रुपमा पत्र लेख्दै उनीहरुलाई त्रिभुवन विमानस्थलबाट अन्यत्र सरुवा गरिदिन माग गरेका हुन् । 

६० किलो भन्दा बढी सुन भन्सार चोरी(छली जाँचपास भएको भन्ने घटनाक्रमपछि अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरुबाट भन्सारका कर्मचारीहरुलाई  बिनाकारण दुःख दिने तथा मानसिक रुपमा क्षतविक्षत बनाउने कार्यले कार्यालयमा रही कामकाज गर्न कठिनाई भएको महसुस गर्दै सामुहिक सरुवाको माग गरेको पत्रमा दावी गरेका छन । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update