Public Pana

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकलाई अघि बढाउन वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिय सरकार बनाउनुपर्ने बताउनुभएको छ । 

टुरिष्ट बस एशोसियसन अफ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा किरातीले मुलुकका सवै समस्या समाधानका लागि प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिय सरकार बनाउनुपर्ने र यसका लागि आफु कुर्सी छाड्न पनि तयार रहेको बताउनुभयो ।

मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्नका लागि सवैले त्याग गर्न तयार हुनुपर्ने भन्दै मन्त्री किरातले राष्ट्रिय सहमतिका लागि आफुले जस्तोसुकै त्याग गर्ने जिकिर गर्नुभयो । उहाले सवै राजनीतिक दलहरु मिलेर नै संविधान जारी भएको भन्दै सवैको एकताबाट नै राष्ट्रिय समस्या समाधान हुन सक्ने बताउनुभयो । 

त्यस्तै मन्त्री किरातीले एकात्मक राज्यका समयमा बनाइएको पर्यटन ऐनलाई अव संघीयता अनुसार परिवर्तन गर्नुपर्ने र यस क्षेत्रलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।  

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update