Public Pana

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिएका छन् । 

आज बुधबार पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जीतका लागि शुभकामना व्यक्त गरेका हुन् ।

शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताए ।

भर्चुअल बैठकमा नेपाली टिमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराए ।

नेपालले आज बुधबार घरेलु टिम पाकिस्तानसँग खेल्दैछ । विश्ककप समुहसँग खेल्न पाउनु धेरै राम्रो रहेको छ । नेपालमा हुँदा नभेटेका प्रधानमन्त्री प्रचण्डको शुमकामनाको भर्चुअल लागोस्, नेपालले जितोस् ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update