Public Pana

सरकारले दिनेश कुमार घिमिरेलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रशासन सेवा समूहिकरण तर्फ राजपत्राङ्कीत बिशिष्ट श्रेणीको रिक्त सचिव पदमा दिनेश कुमार घिमिरेलाई बढुवा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

भदौ पाँच गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोपीकृष्ण खनाल निवृत्त भएपछि रिक्त एक पदका लागि बढुवा समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।

जसमध्ये मन्त्रिपरिषद्ले दिनेश कुमार घिमिरेलाई बढुवा गर्ने निर्णय गरेको हो ।

बैठकले अर्थमन्त्रालयको प्रस्तावमा प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार केसी र माधव सापकोटालाई निजिकरण समितिको सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ भने नेपाल र फिलिपिन्सबीच कुटनीतिक र सरकारी राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिन सम्झौतामा हस्ताक्षर गर्न स्वीकृती दिने निर्णय गरेको छ ।

बैठकले भन्सार बिधेयक र विद्युत बिधयेकलाई सदनमा प्रस्तुत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् । त्यस्तै बैठकले औषधी लिमिटेडको महाप्रवन्धक पदमा कैलास कुमार पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update