Public Pana
जनकपुर ल्याण्ड नगरि फर्किएको बुद्ध एयरको बिमानमा प्राविधिक समस्या के थियो ?

काठमाण्डौबाट जनकपुरका लागि उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या आएपछि पुनः काठमाण्डौ फर्काइएको छ । एमालेका बरिष्ठ नेताहरु समेत सवार उक्त बिमानको अटो पाइलट प्रणालीमा आकस्मिक रुपमा समस्या आएपछि चलक दलका सदस्यले बिमानलाई जनकपुर अवतरण नगराई काठमाण्डौ फर्काएका हुन ।

जनकपुर विमानस्थल नजिकै पुगेको बिमानमा एक्कासी प्राविधिक समस्या आएपछि बिमानलाई सुरक्षित अवरणमा जोखिम आउन सक्ने भन्दै काठमाण्डौको एयरपोर्टमा ल्याण्ड गरिएको बुद्ध एयरका एक कर्मचारीले जानकारी दिए । अटो पाइलट बिमानलाई  चालकको सहयोगविना आफै उडान गर्ने एक प्रणाली हो ।

बिमानमा पाइलट भएकाले अटो पाइलट नचल्दा के फरक पर्छ भन्ने जिज्ञासा उठ्न सक्छ ?  पव्लिक पानाले यही प्रश्न बुद्ध एयरका एक प्राविधिक इन्जिनियरलाई गर्दा उनले भने, आकाशमा उड्ने बिमानको कुनैपनि प्रणालीमा सामान्य समस्या आयो भने जोखिम लिने कल्पना समेत गर्न सकिदैन त्यसैले अटो पाइलटमा समस्या पहिचान हुनेवित्तिकै चालक दलले बिमानलााई सुरक्षित ल्याण्ड गराइहाल्नुपर्छ । 

एमालेको सिरहामा आजदेखि बस्न लागेको सचिवालय समितिको बैठकमा सहभागी हुन विमानबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, नेता अमृत बोहरा,  युवराज ज्ञवाली, विष्णु पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, लगायत नेताहरू जनकपुर जाँदै थिए ।

उक्त बिमानमा अन्य यात्रुहरु समेत सवार थिए । उक्त बिमानलाई काठमाण्डौ अवतरण गराई पुनः अर्काे बिमानबाट एमाले नेताहरुसहित सवै यात्रुहरुलाई गन्त्वयमा पुरयाइएको बुद्ध एयरले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update