Public Pana
पाल्पा बुटवल सडकखण्डमा सख्खा पहिरो  खस्दा जीपमा सवार ३ को मृत्यु, ८ घाइेते

पाल्पाको जोर्तेमा सुख्खा पहिरोबाट खसेको ढुंगा लागेर  स्कार्पियो  सवार  तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पाल्पा प्रहरीका अनुसार मृत्यु हुनेमा अन्दाजी ५० वर्षीया मनकला चुनारा, यमबहादुर बोहरा  र रेत भुजेल छन् ।

तम्घासबाट बुटवलका आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जिपमा आज बिहान ढुंगासहितको पहिरोले खसेको थियो । 

दुर्घटनामा आठ जना घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।  घाइतेलाई पाल्पास्थित अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update