Public Pana
आज धनगढीमा समाजवादी मोर्चाको सभा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित समाजवादी मोर्चाका शीर्ष नेताहरू आज बुधबार धनगढी जाने भएका छन् ।
 

मोर्चाको पूर्वर्निधारित कार्यक्रम–सन्देश सभामा सहभागी हुन उनीहरू धनगढी जान लागेका हुन् ।
 

भदौ ८ गते वीरगन्जबाट सुरु भएको मोर्चाको प्रदेश स्थरीय सभा भोलि अर्थात् भदौ १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौँडा, २५ गते कोशीको विराटनगरमा हुनेछ ।
 

यसअघि हिजो उनीहरूले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभा भएको थियो ।  

3 dal1693389288.jpg 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update