Public Pana
साउनमा ३ अर्बभन्दा बढीको राउटर आयात

नेपालमा चालु आर्थिक वर्ष २०८०-८१को पहिलो महिना करिब साढे ३ अर्ब रुपैयाँको राउटर आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको साउनमा ३ अर्ब ३८ करोड ५७ लाख ९७ हजार रुपैयाँ बराबरको ९ लाख २ हजार ४८२ यूनिट राउटर आयात भएको छ ।
 

सरकारले राउटरबाट ६३ करोड १३ लाख ७१ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।
गत आर्थिक वर्ष २०७९-८० मा ४ अर्ब ३६ करोड २२ लाख ३९ हजार रुपैयाँ बराबरको १२ लाख ९३ हजार ८९२ यूनिट आयात भएको थियो ।

 

गत आवको सोही अवधिको तुलनामा चालु आवमा राउटरको आयात ९७ करोड ६४ लाख ४२ हजार रुपैयाँ अर्थात २२ प्रतिशतले घटेको छ ।
 

साउनमा नेपालमा २० ओटा मुलुकबाट राउटर आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।
 

चीनबाट ३ अर्ब ३१ करोड ४८ लाख १८ रुपैयाँ बराबरको ८ लाख ९५ हजार ४३३ यूनिट राउटर आयात भएको छ ।
 

मलेसियाबाट ३ करोड ३८ लाख ८५ हजार रुपैयाँ बराबरको ३५ यूनिट राउटर आएको छ ।

ताइवानबाट १ करोड ८ लाख ६ हजार रुपैयाँ बराबरको १ हजार २७५ यूनिट राउटर आयात भएको छ ।


 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update