Public Pana
एसिया कप आजदेखि, उद्घाटन खेलमा पाकिस्तानविरूद्ध खेल्दै नेपाल

एसिया कपको १६ औं संस्करण आजदेखि सुरू हुँदै छ ।  
 

पाकिस्तानको मुल्तानमा अपराह्न तीन बजे एसिया कपको उद्घाटन खेल हुँदैछ। उद्घाटन खेलमा नेपालले विश्वको एक नम्बर टिम पाकिस्तानविरूद्ध खेल्नेछ ।
 

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपालले पाकिस्तान र भारतसँग पहिलोपटक प्रतिस्पर्धा गर्ने अवसर पाउँदैछ ।
 

पाकिस्तान हाल आइसिसी वरीयताको नम्बर एक टिम हो। भर्खरै अफगानिस्तानविरूद्धको तीन खेलको एकदिवसीय सिरिज ३–० ले क्लिनस्विप गरेपछि पाकिस्तान विश्वको नम्बर एक टिम बनेको थियो ।
 

पाकिस्तानी टिममा विश्व ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा रहेका बाबर अजाम छन् ।
पाकिस्तानका कप्तानसमेत रहेका बाबरविरुद्ध नेपाली बलरले बलिङ गर्नू चुनौतीपूर्ण हुनेछ। यस्तै वरीयताको तेस्रो नम्बरमा रहेका इमाम उल हक र पाँचौ नम्बरमा रहेका फखर जमान पनि पाकिस्तानका मुख्य ब्याटर हुन् ।

 

बलिङमा पाकिस्तानका साहीन शाह अफ्रिदी लयमा छन् ।
उनको तीव्र गतिको बलिङको सामना गर्न नेपाली ब्याट्सम्यानका लागि कठिन हुनेछ । अफ्रिदी विश्व वरीयतामा नवौं स्थानमा छन् ।

१० टिम सहभागी भएको एसिसी प्रिमियर कप जितेको नेपाली टिम एसोसिएट राष्ट्रमा बलियो टिम हो ।
 

विश्वकप छनोटमा जिम्बावेविरूद्ध ब्याटिङमा उत्कृष्ट सुरुवात गरेको नेपाल टिम पाकिस्तानसँग निडर भएर प्रस्तुत हुने कप्तान रोहितकुमार पौडेलको विश्वास छ । पौडेलले खेलअघि पाकिस्तानविरूद्धको खेल स्मरणीय बनाउने पनि बताएका थिए ।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखसँगै कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लमाथि नेपाली टिमको विश्वास हुनेछ ।

 

यस्तै अलराउन्डर गुल्सन झा पनि नेपालको आसा हुन्। आइसिसीले गुल्सनलाई एसिया कपमा नेपाली टिममा प्रभाव पार्न सक्ने खेलाडीको सूचीमा स्थान दिएको छ ।
 

बलिङमा लेगस्पिनर सन्दीप लामिछाने नेपालका मुख्य हतियार हुन् । तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसीको अनुभवबाट नेपालले फाइदा उठाउन सक्नु पर्नेछ ।
 

यस्तै स्पिनर ललित राजवंशीले पछिल्लो समय नेपाललाई चाहिएको बेला विकेट लिइरहेका छन् । उनले पनि एसिया कपमा आफ्नो क्षमता प्रस्तुत गर्ने अपेक्षा गर्न सकिन्छ ।

एसिया कपका लागि नेपालले एक साता पाकिस्तानको कराँचीमा तयारी गरेको थियो । त्यसअघि नेपालले दुई साता श्रीलंकामा बन्द शत्र सञ्चालन गरेको थियो ।
 

एसिया कप २०२३ का खेलहरु ५० ओभरको हुनेछन्।

सन् २०१८ पछि पहिलोपटक ५० ओभरको एसिया कप हुन लागेको हो ।

g]kfnL 6f]nL M

/f]lxt kf}8]n, cflzkm z]v -ljs]6lsk/_, s'zn e't]{n, nlnt /fhj+zL, led ;fsL{, s'zn dNn, lbk]G›l;+x P]l/, ;GbLk nfld5fg], s/0f s];L, u'nzg emf, cfl/km z]v, ;f]dkfn sfdL, k|ltz lh;L, lszf]/ dxtf], ;GbLk hf]/f, ch{'g ;fpb, Zofd 9sfn .

kfls:tfgL 6f]nL M

afa/ cfhd -sKtfg_, zfba vfg -pksKtfg_, cAb'Nnfx zlkms, ;ndfg cnL c3f, kmlxd cz/km, kmvf/ hdfg, xfl/; /f}km, Olˆtv/ cxdb, Odfd pn xs, df]xDdb xl/;, df]xDdb gjfh, df]xDdb l/hjfg -ljs]6 lsk/_, df]xDdb jfl;d h'lgo/, gl;d zfx, ;fpb ;lsn, zflxg zfx clk|mbL, p:df ld/ .

acc1693360495.jpg

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update