Public Pana
शेयर बजारमा ८६ करोड ५१ लाख रुपैयाँको कारोबार

शेयर बजार आज मङ्गलवार पाँच अङ्कले घटेको छ । हिजो सोमबार पाँच अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव शून्य पाँच अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ विन्दुमा झरेको छ ।
 

आज व्यापार, निर्जीवन बीमा, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ ।

सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्था र साम्लिङ पावर कम्पनीको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन सबैभन्दा धेरै कुथेली बुखारी हाइड्रो र ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर १० प्रतिशतले बढेको छ ।
 

आज ४० लाख छ हजार कित्ता शेयर ८६ करोड ५१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको तीन करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update