Public Pana

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा राप्रपाले गठबन्धनलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
 

आज मंगलबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले समिति गठन गर्दा राप्रपासंग बनेको सहमतिको वातावरणले कोशीमा सरकार गठन र पूर्णतामा सहजता ल्याउने विश्वास व्यक्त गरे ।
 

प्रधानमन्त्री प्रचण्डले यस बिषयमा दलहरुबीच सकारात्मक ढंगले छलफल हुने बढ्ने भन्दै सरकार फेल नखाने बरु सफल हुने तर्क गरे । 
 

यसअघि मंगलबार नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको अन्ख्य सहमति नभएको धारणा राखेका थिए ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update