Public Pana
कञ्चनपुरमा डेंगी संक्रमणबाट २८ वर्षे युवकको मृत्यु

कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेंगी रोगको संक्रमणबाट गएराति मृत्यु भएको छ ।
 

बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा कैलालीको धनगढीस्थित नोभा अस्पतालमा खत्रीको मृत्यु भएको हो।

एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि परिवारजनले उपचारका लागि धनगढी लगेका थिए । 
 

भारतबाटै डेंगीको संक्रमण भएको वा यहाँ फर्केपछि संक्रमण भएकोबारे जानकारी हुन नसकेको वडाध्यक्ष रानाले बताए ।
 

डेंगी सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्न वडामा विशेष अभियान सञ्चालनका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update