Public Pana
संसद बैठकमा आज प्रश्नको उत्तर दिदै प्रधानमन्त्री 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिँदैछन् । 
 

प्रधानमन्त्रीलाई सोध्ने सांसदले भदौ ८ गते नै प्रतिनिधि सभाका सचिव समक्ष लिखित रुपमा प्रश्न टिपाइसकेका छन् ।
 

आज मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुले प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
 

गतहप्ता बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम निर्धारण गरेका थिए । 
 

आज मंगलबारको प्रश्नोत्तरमा समूह २ मा रहेका सांसदहरूले प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउने व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ । 
 

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
 

दलहरुबीच सहमति नहुँदा लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक भदौ ६ गतेदेखि नियमित बस्न थालेको हो ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update